चलचित्र ‘सारथी’को पोस्टर सार्वजनिक

काम्भ्य प्रोडक्सनले नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर चलचित्र ‘सारथी’को पोस्टर सार्वजनिक गर्दै सम्पूर्ण दर्शकमा शुभकामना व्यक्त गरेको छ। सार्वजनिक पोस्टरसँगै ‘सारथी’ दर्शकमाझ आउने तयारीमा रहेको जनाइएको छ, जसले फिल्मप्रति उत्सुकता बढाएको छ।

किम्भे प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मले भावनात्मक कथा प्रस्तुत गर्ने संकेत दिएको निर्माण टिमको भनाइ छ। उनीहरूका अनुसार नयाँ उत्साह र उमंगका साथ ‘सारथी’ छिट्टै दर्शकमाझ आउने तयारीमा रहेको छ।