मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ: सुदन गुरुङ

आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुदन गुरुङले बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ,’ गुरुङले भने ।गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको उनले बताएका छन् ।