राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। सोमबार (७ वैशाख) मा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसुचीमा पार्टी गतिविधि व्रिफिङ, केन्द्रीय समिति पदाधिकारी मनोनयन, विधान संशोधन लगायतका विषय रहेको रास्वपा सचिवालयले जनाएको छ। साथै केन्द्रीय सदस्यहरुको रिपोर्टिङ, महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा पनि छलफल हुने जनाइएको छ।
सचिवालयका अनुसार बैठकमा सचिवालयका निर्णय अनुमोदन, विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन, संसदीय दलको विधान संशोधन इत्यादी विषयमा छलफल हुने कार्यसूची रहेको छ।


















