डेरावालको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

जिल्ला प्रहरी परिसर काठमाडौंले घरधनीलाई डेरामा बस्ने व्यक्तिहरूको विवरण राख्न अनुरोध गरेको छ। प्रवक्ता तथा एसपी पवन कुमार भट्टराईका अनुसार अपराध नियन्त्रण र घटना भएमा व्यक्तिको पहिचान सहज बनाउन यस्तो अनुरोध गरिएको हो। उनले यो व्यवस्था बाध्यकारी नभएको स्पष्ट पारेका छन् ।उनका अनुसार एउटै घरमा वर्षौं डेरा बसेका व्यक्तिले कुनै अपराध गरे पनि घरधनीलाई जानकारी नहुने अवस्था देखिएकाले विवरण राख्न सुझाव दिइएको हो।

प्रहरीले आवश्यक परेमा घरधनीले भाडामा बस्ने व्यक्तिको पृष्ठभूमिबारे बुझ्न प्रहरी क्लियरेन्स रिपोर्ट समेत माग गर्न सक्ने जनाएको छ। यसले निर्दोष व्यक्तिहरू अनावश्यक सोधपुछ वा हैरानीमा पर्न नपरोस् भन्ने उद्देश्य रहेको प्रहरीको भनाइ छ।