मातातिर्थ औँसीमा ६० आमालाई सम्मान

नेपाल गृहस्थ धर्म सेवा सदनद्वारा गोंगबुमा विशेष कार्यक्रम आयोजना

काठमाडौं । मातातिर्थ औँसी २०८३ को अवसरमा नेपाल गृहस्थ धर्म सेवा सदनले “माता सम्मान कार्यक्रम” आयोजना गर्दै ६० जना आमाहरूलाई सम्मान गरेको छ। कार्यक्रम गोंगबु आवास क्षेत्रस्थित कार्यविनायक गणेश मन्दिर परिसरमा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण थापा, सचिव सरस्वती जी.सी., कोषाध्यक्ष राम शिख्व, सदस्यहरू तथा गोंगबु आवास क्षेत्रका पूर्व अध्यक्ष हरि कर्माचार्य लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा भक्तजनहरूको समेत ठूलो सहभागिता देखिएको थियो।

कार्यक्रमको सञ्चालन महेश्वर कुमार श्रेष्ठले गर्नुभएको थियो।