विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग ‘स्ट्रेट अफ होर्मुज’माथि इरानले आफ्नो पूर्ण नियन्त्रण रहने दाबी गरेको छ। इरानी संसदका वरिष्ठ सदस्य तथा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स का पूर्व कमाण्डर इब्राहिम अजीजीले यो जलक्षेत्रमा इरानको सार्वभौम अधिकार रहेको बताए । कुन जहाजलाई होर्मुज स्ट्रेट भएर जान दिने वा नदिने भन्ने निर्णय अब इरानले गर्नेछ।
यस क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन इरानी संसदमा नयाँ विधेयक ल्याउन लागिएको र त्यसले कानुनी रूपमै इरानलाई शक्तिशाली बनाउने दाबी गरिएको छ।
इरानले होर्मुज स्ट्रेटलाई आफ्नो सैन्य तागतको एक हिस्सा र शत्रुसँग लड्ने हतियार को रूपमा व्याख्या गरेको छ।


















