प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।
फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।’
पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन् ।


















