रास्वपाले भन्यो– सुकुम्वासी बस्ती हटाउनेबारे सरकारलाई सोध्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी बस्ती हटाउने योजनाबारे पार्टीलाई औपचारिक जानकारी नभएको जनाएको छ। सत्तामा रहेको भए पनि यस विषयमा सरकारकै धारणा र जानकारी महत्वपूर्ण हुने भन्दै प्रवक्ता मनिष झाले यसबारे सरकारका प्रवक्तासँग सोध्न आग्रह गरेका छन्।

सुकुम्वासी बस्तीमा शनिबारदेखि डोजर चलाउने तयारी भइरहेको चर्चा चलिरहेकै बेला रास्वपाले आफ्नो आधिकारिक संलग्नता वा छलफल नभएको स्पष्ट पारेको हो। यसअघि चुनाव प्रचारका क्रममा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाइए आफू “सबैभन्दा पहिले छाती थाप्न” जाने बताएका थिए।