काठमाडौंका सुकुम्वासी बासिन्दाले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा रास्वपा कार्यालय पुगेर उनीहरूले केन्द्रीय सदस्य खेमराज साउदलाई ज्ञापनपत्र बुझाएका हुन्।
सरकार एकतर्फी रूपमा अघि बढे प्रतिकार गर्ने चेतावनीसमेत मोर्चाले दिएको छ।


















