अमेरिकाले पश्चिम एसिया क्षेत्रमा तेस्रो विमानवाहक युद्धपोत पठाएको छ। हमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध कहिले सकिन्छ भनेर समय सीममा दिन अस्वीकार गरेकै अवस्थामा विमानवाहक युद्धपोत जहाज पुगेको हो । अमेरिकी मध्य कमान्ड (सेन्टकम)का अनुसार यूएसएस जर्ज डब्ल्यू बुस पश्चिम एसियाको जिम्मेवारी क्षेत्रमा प्रवेश गरेको छ ।
यो युद्धपोत निम्मिट्ज–क्लासको हो । यो सन २००९ मा सेवा छिरेको थियो । लगभग हजार फिट लामो र १ लाख टनभन्दा बढी तौल भएको यो युद्धपोतमा ८० भन्दा बढी विमान राख्न सकिन्छ । यसमा दुईवटा आणविक रिएक्टर छन् ।
यसमा ५ हजार ५०० भन्दा बढी सैनिक तथा एयर क्रु हुन्छन् । विशेषज्ञहरूका अनुसार यो तैनाथीले कुनै गोली नचलाइकनै कूटनीतिक दबाब बढाउने संकेत दिएको छ ।


















