सरकार सुकुमवासीलाई जे गरेपनि हुन्छ भन्ने ढंगले प्रस्तुत भयो : प्रदीप पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकमाथि जबर्जस्ती बल प्रयोग गर्न लागेको आरोप लगाएका छन् । सोमबार पार्टी मुख्यालय सानेपामा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमबारे बोल्दै उनले सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरी हतारमा सुकुमवासीलाई दुख दिएर जे गरेपनि हुन्छ भन्ने खालको दम्भ देखाएको जिकिर समेत गरे ।

उनले बस्ती हटाउने कार्यको मात्र विरोध नभई वास्तविक सुकुम्बासीलाई दुःख दिइएको विषयमा आफूहरूको पीडाबोध रहेको बताएका छन्।