संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसले सरकारले संसद्को अधिवेशनबीना जानकारी फेरि स्थगित गरेर अध्यादेशको बाटो रोज्न खोजेको आशङ्का व्यक्त गरे।

प्रवक्ता देवराज चालिसेले संसद् बोलाएर पनि स्थगित गर्ने र अध्यादेशको बाटो रोज्ने प्रयास लोकतान्त्रिक मूल्यविपरीत हुने भन्दै आपत्ति जनाए । उनले यस्तो कदमले संसद्को सर्वोच्चता कमजोर हुने र जवाफदेहिता नबन्ने बताए ।

साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गरी जनजीवन सहज बनाउन सरकारलाई ध्यानाकर्षण गराए।