सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय सरकारको निर्णय

सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाने छन्।