धरानका सुकुमबासीलाई कावा मेयर बेघाको ढाडस-म नेतृत्वमा भइन्जेल डोजर चल्न दिन्नँ

सरकारले सुकुमबासी बस्ती हटाइरहँदा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले धरानमा डोजर चल्न नदिने बताएका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको ज्ञापन पत्र बुझ्दै उनले आफू धरानको नेतृत्वमा रहुन्जेल डोजर नचलाउने र चल्न नदिने गरे ।

उनले भने, ‘म नगरको कार्यवाहक प्रमुख भइञ्जेल यहाँ डोजर कुदाउन दिन्नँ, कुदाउँदिनँ ।’बेघाले छुट्टै भिडिओ सन्देशमा भनेका छन्, ‘धरानमा कोही कसै घरवारविहीन हुने वा कसैको घरमा डोजर लाग्ने छैन । संघीय सरकारमाथि केही टिका टिप्पणी गर्न चाहन्नँ । तर, मेरो टेरिटोरी मेरो क्षेत्राधिकार रहेको ठाउँमा मेरो प्रतिबद्धता हो ।’

उनले सुकुमबासी भत्काउन गृह प्रशासन र नेपाल प्रहरीबाट केही पत्र आएको जानकारी गराएका छन् । ‘जसले जस्तोसुकै पत्र र निर्देशन गरे पनि मेरो टेरिटोरीको हकमा डोजर चल्दैन ।’कावा मेयर बेघाले सुकुमबासी समस्यालाई राजनीतिक विषय भन्दा बढी मानवीय र कानूनी ढंगले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । धरानमा १५ हजारभन्दा बढी सुकुमबासी भएको उनले बताएका छन् ।

उनले सुकुमबासीहरूलाई उत्तेजित नहुन र संयमित रहन आग्रह गर्दै उपमहानगरपालिका अभिभावक भएको भन्दै ढुक्क रहन ढाडस दिएका छन्