राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकले लेटरहेड र कार्डलगायत कागजातमा एकरूपता कायम गर्न यस्तो निर्णय गरेको हो । पार्टीले सांसदहरूलाई अझ सिक्न आवश्यक रहेको भन्दै मेन्टर र सल्लाहकारबाट सुझाव लिन आग्रह गरेको छ।
यसअघि सांसद विश्वराज पोखरेलले ‘माननीय’ भनेर स्वागत नगरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई हप्काएको भिडियो सार्वजनिक भएपछि यस्तो निर्देशन आएको हो।


















