ठूलो धक्का खाएका छौँ, पार्टी पुनर्गठन गरेर जनतासँग माफी माग्छौँ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ को चुनावबाट कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाएको बताएका छन् । २७ औँ यदु स्मृति दिवस कार्यक्रममा उनले पछिल्लो १० वर्षको गम्भीर समीक्षा गरिने र दुई तिहाइ नजिकको बहुमत टिकाउन नसक्नुका कारण पनि विश्लेषण गरिने बताए ।

पौडेलले विचार, नीति र नेतृत्वमा पुनर्गठन गर्दै पार्टीको कार्यशैली, आचरण र अभ्यासमा भएका कमजोरी सच्याउने बताएका छन् । उनले विगतका भूल स्वीकार्दै जनतासँग क्षमायाचना गर्ने र नयाँ ढङ्गले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।