कांग्रेस संसदीय दलको नेता आङदेम्बेसँग इजरायली राजदूतको भेटवार्ता

काठमाडौं । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरे ।

नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो । राजदूत बास नेता आङ्देम्बेलाई भेट्न बुधबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।