जनकपुरमा गुठी जग्गामा बसेकाहरूद्धारा बालेन सरकारविरुद्ध प्रदर्शन, राजीनामाको माग

जनकपुरमा बालेन शाह नेतृत्वको सरकारविरुद्ध प्रदर्शन भएको छ । गुठीको जग्गामा घर बनाएर बसोबास गर्दै आएका स्थानीयहरूले ‘डोजर आतंक’ बढेको भन्दै विरोध जनाएका छन् । उनीहरूले जनकपुरका विभिन्न स्थानमा प्रदर्शन गर्दै सरकारको राजीनामा समेत माग गरेका छन् ।

उनीहरूले आफूहरू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गुठी जग्गामा बनेका घर टहरा भत्काउने हल्लापछि स्थानीयहरू ‘गुठी–कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’को ब्यानरमा सडकमा उत्रिएका हुन्।