वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लाग्योः माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सह–संयोजक नेपालले गणतन्त्रमा सबै नागरिकको अधिकार सुनिश्चित हुनुपर्नेमा वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन् ।

विद्यार्थी र मजदुरहरूको अधिकार नै सरकारले खोस्न लागेको भन्दै उनले संगठित हुन पाउने संवैधानिक अधिकार कसैले खोस्न नपाउने उल्लेख गरे । उनले देशलाई अघि बढाउन कुनै समस्या भए आफूहरू पनिसँगै बसेर समाधान खोज्ने धारणा राखे ।