काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बिहानैदेखि डोजर चलाइएको छ । बागमती खोला किनारा अतिक्रमण गरी सुकुमवासीहरूले बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ । घरटहरा भत्काउने क्रममा सो क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर माकुम्लुङ्ग (महाकाली) मगक्लुङ्ग (जगतजननी) समेत भत्काइएको छ ।
स्थानीयले मन्दिर नभत्काउन सुरक्षाकर्मीहरूसँग आग्रह गरेका थिए । तर प्रहरीले डोजर लगएर मन्दिरमा पनि भत्काइ दिएको स्थानीय बिजुला बिकले बताइन् ।


















