क्षिरेश्वरनाथ नगरपालिका-४ कुमरौलस्थित सडकमा महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको म.प्र ०२-०१० प ६०३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया जुरो देबी साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको राम जानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















