कपनको साततले क्षेत्रमा अतिक्रमित संरचना भत्काउन सुरु

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा आज बूढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।

लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो।