बालेन नगएपछि बसेन राज्यव्यवस्था समिति बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग पर्छन् ।

समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि स्थगित गरिएको बताइएको छ ।

बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।