राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि फिर्ता पठाइएको अध्यादेश सरकारले पुनः सिफारिस गरेपछि आज जारी गरिएको हो।
अध्यादेशअनुसार परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।


















