धादिङ केन्द्रविन्दु भएर भूकम्प

धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।