सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।’


















