गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा राजनीतिक दलहरूले गरेको चुनावी खर्च विवरण सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार खर्च विवरण बुझाउने दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी खर्च गर्ने दल बनेको छ। रास्वपाले समानुपातिकतर्फ २ करोड ११ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च गरेको विवरण पेश गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ, जसले १ करोड ९६ लाख ३१ हजार ३ सय ६ रुपैयाँ ७० पैसा खर्च गरेको देखिएको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले करिब ७५ लाख रुपैयाँ खर्च गरेको आयोगको विवरणमा उल्लेख छ।
आयोगले दलहरूलाई निर्वाचनपछि कानुनअनुसार खर्च विवरण बुझाउन निर्देशन दिएको भए पनि दुई दलले अझै विवरण बुझाएका छैनन्।




















