भिजिट नेपाल २०८५ अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिने राष्ट्रपति घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले भिजिट नेपाल २०८५ का लागि अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने बताएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले पर्यटकहरूलाई नेपालमा लामो समयसम्म बस्ने वातावरण बनाइनुका साथै अन्तर्राष्ट्रिय स्तरमै यसको प्रवर्द्धन गरिने बताए। उनले त होमस्टे, पर्वतारोहण र साहसिक पर्यटकहरूको विकास गरिने बताए।