छलफलमा प्रधानमन्त्री चाहिने भन्दै पुन: विपक्षीको अवरोध

 

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार भएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेर छलफल गरेका थिए ।

सो छलफलको क्रममा प्रधानमन्त्री जवाफ दिन आउने छलफल भएपछि बैठक अघि बढेको एमाले सांसद ऐन महरले जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीज्यू बहसको प्रत्यूत्तर जवाफ दिन आउनेगरी हामीले आजको संसद् चल्न दिने जानकारी गराउन चाहन्छु,’ महरले भने ।

उनको जानकारीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा प्रस्तुत गरे ।

यद्यपि सुरु भएको बैठक फेरि अवरोध भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति हुनैपर्ने जिकिर गरे ।

‘नीति तथा कार्यक्रमको सफलतामा त उहाँहरूको भविष्य छ । प्रधानमन्त्री शाहलाई सम्मान गरेर नै टेबल गर्न दिएको र छलफलमा प्रधानमन्त्री शाह उपस्थित हुुनपर्ने कांग्रेस सांसद आङ्देम्बेको भनाइ छ ।