प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आफैं नदिने भएका छन् । संसदको कार्यसूची संशोधन गरी अब अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ । हिजो प्रतिपक्षीको अवरोधपछि प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने माग उठेको थियो ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताएका थिए । तर प्रधानमन्त्री आज पनि संसद आउन तयार भएनन् ।


















