लालपुर्जा वितरण नगर्दासम्म सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सरकारले वास्तविक सुकुम्वासीलाई लालपुर्जा वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला मन्त्रालयका प्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन्।

समिति सभापति हरि ढकालका अनुसार काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको ‘स्क्रिनिङ’ भइरहेको छ र प्रक्रिया पूरा भएपछि ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गरिने लक्ष्य राखिएको छ।