हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे, इरानमाथि नयाँ हमला तयारी हो ?

पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन् । पछिल्लो २४ घण्टामा जर्मनीस्थित अमेरिकी सैन्य अड्डाबाट हतियार र गोला–बारूद बोकेर दर्जनौं कार्गो विमान तेल अभिभ पुगेका छन्।यसलाई इरानविरुद्ध सम्भावित नयाँ हमलाको तयारीका रूपमा हेरिएको छ।

इजरायलले अमेरिकी कार्गो विमानहरू ठूलो मात्रामा गोला–बारूद बोकेर इजरायल पुगेका जनाएको छ। रिपोर्टअनुसार, यो खेप इरानविरुद्ध युद्ध फेरि सुरु गर्ने तयारीको हिस्सा हो।

रिपोर्टहरूका अनुसार, अमेरिका र इजरायल इरानमाथि नयाँ हमलाका लागि सैन्य विकल्पहरूबारे छलफल गरिरहेका छन्।हालै ट्रम्पले पनि इरानलाई चेतावनी दिँदै समय छिट्टै बितिरहेको बताएका थिए ।