गुण्डुमा एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी रहेको छ ।

११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले नेताहरूको कार्यविभाजन गरेको छैन । आजको बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल गरी निर्णय गर्ने एमालेले जनाएको छ ।