प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध प्रदर्शन जारी राखेको छ। हर्क साम्पाङसहितका सांसदहरूले बैठक सुरु हुनासाथ प्लेकार्ड देखाएर विरोध जनाएका हुन्।सभामुखले उक्त विषयमा ध्यानाकर्षण भएको बताएका पछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए।
त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको छ।



















