जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्कीलाई सिंहदरबार र संसद् भवनमा भएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा सार्वजनिक भिडियो, तस्बिर र सञ्चारमाध्यममा आएका सामग्रीमा सांसद कार्की आगजनीमा संलग्न देखिएको दाबी गरिएको छ। साथै, सामाजिक सञ्जालमा उनले घटनासम्बन्धी सामग्री सार्वजनिक गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा राज्यका प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि भएको हमला गम्भीर फौजदारी अपराध भएको उल्लेख गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ।


















