इरान युद्धमा नष्ट भए ४२ अमेरिकी फाइटर जेट

अमेरिकी संसद्को रिसर्च एजेन्सी कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस)ले इरानमाथि आक्रमणका क्रममा देशले ठूलो क्षति भोग्नुपरेको रिपोर्ट निकालेको छ। गत फेब्रुअरी २८ मा इरान युद्ध थालेपछि कम्तीमा ४२ वटा अमेरिकी युद्धक विमान नष्ट भएका छन् । त्यस्तै अन्य कयौँ विमानमा क्षति पुगेको छ। यो संख्या अझ बढ्न सक्ने बताइएको छ ।

इरानले प्रत्याक्रमणका क्रममा पश्चिम एसियाका अधिकांश बेसमा ठूलो क्षति पुर्‍याएको छ।केही अमेरिकी बेस त कामै नलाग्नेगरी ध्वस्त पारिएको छ।

क्षति भएका मुख्य विमान :

४ एफ-१५ई स्ट्राइक ईगल फाइटर जेट
१ एफ-३५ए लाइटनिङ-२ फाइटर जेट
१ ए-१० थन्डरबोल्ट-२ हमला जेट
७ केसी-१३५ स्ट्राटोट्यांकर एयर रिफ्यूलिङ प्लेन
१ ई-३ सेण्ट्री अवाक्स प्लेन
२ एमसी-१३०जे कमान्डो-२ स्पेसल अपरेसन प्लेन
१ एचएच-६० डब्ल्यू जोली ग्रीन-२ हेलिकोप्टर
२४ एमक्यू-९ रेपर ड्रोन