नयाँ सरकारको प्राथमिकतामा चीनको चासो छ: परराष्ट्रमन्त्री खनाल

बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अनालले नयाँ सरकारको चीनसँग पनि संवाद भइराखेको बताए ।

उत्तरी छिमेकीसँग पनि निरन्तर सम्पर्क सम्पर्क र संबादमा हामी छौं,’ परराष्ट्रमन्त्री खनाल भन्छन्, ‘हाम्रो आफ्नै प्राथमिकताका विषयमा उहाँहरूले चासो राख्नु भएको छ । नयाँ सरकार बनिसकेपछि कस्तो खाले विषय प्राथमिकतामा छन् भन्ने उहाँहरूको अलि बढी चासो छ । त्यसमा हामी निरन्तर सम्पर्कमा नै छौं ।’