एयर इन्डियाको विमानको इन्जिनमा आगलागी, सुरक्षित अवतरण

बैङ्ग्लोर दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान ‘एआई२८०२’ ले बिहीबार साँझ इन्जिनमा आगो लागेपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।

विमानमा १६० यात्रु थिए र सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको एयर इन्डियाले जनाएको छ। चालक दलले आपतकालीन प्रक्रिया अपनाएर विमान सुरक्षित अवतरण गराएको बताइएको छ।