यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनहरूको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकमा बढ्दो चापलाई कारण देखाउँदै अर्को सूचना नआएसम्म दर्ता प्रक्रिया स्थगित गरिएको हो ।
विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पत्राचार गर्दै इन्धनबाट चल्ने मात्र होइन, विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता रोक्न निर्देशन दिएको छ।




















