इरानी रेड क्रिसेन्ट सोसाइटी (आईआरसीएस) ले अमेरिका र इजरायलको हवाई हमलाका क्रममा घरको भग्नवाशेषमा पुरिएका ७२०० भन्दा बढीलाई जीवितै निकालेको छ । संगठनले पहिलोपटक उद्धार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ।आईआरसीएसले सामाजिक सञ्जलामा शेयर गरेको भिडियोमा आफ्ना उद्धारकर्मी र स्वयंसेवकहरूलाई ध्वस्त भवनहरूको भग्नवाशेषबाट मानिसहरूलाई निकाल्दै गरेको देखाइएको छ।
धेरैजसो मानिसहरू धुलोले ढाकिएका अवस्थामा देखिन्छन्, जसलाई स्ट्रेचर र हातको सहाराले बाहिर निकालिएको छ। युद्ध फेब्रुअरी २८ देखि सुरु भएर अप्रिल ८ सम्म चलेको थियो। यस अवधिमा संगठनले निरन्तर उद्धार अभियान चलाएको थियो।


















