कृषिमन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापकको भेटवार्ता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग विश्व बैंकका दक्षिण एसिया व्यवस्थापक टोमस रिकार्डो रोसदा विल्लमरसहित पदाधिकारीले मन्त्रालयमा शिष्टाचार भेटर्वाता गरेको छ ।

भेटर्वाताका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवद्र्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको ‘डिजिटाइजेसन’लगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९एनएलएसआइपी० र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना ९रिड० परियोजनाको उपलब्धि तथा फनसेप/रानीजमरा कुलरिया परियोजनाको प्रगतिबारे पनि छलफल भएको हो ।

युवालाई कृषिमा आकर्षित गर्ने, रोजगारी सिर्जना, किसान सूचीकरण तथा कृषि क्षेत्रमा नवप्रवर्तन प्रवद्र्धन गर्ने विषयमा पनि मन्त्री चौधरीले विशेष जोड दिए। विश्व बजार सुनिश्चित गर्न रोगमुक्त अवस्थाको आवश्यकता औँल्याउँदै मन्त्रालयबाट विश्व बैंकमा प्रेषित पशु स्वास्थ्य प्रणाली रुपान्तरण परियोजनाबारे पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । साथै ‘एग्री कनेक्ट’ कार्यक्रम नेपालमा कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

विश्व बैंकले रासायनिक मलका सम्बन्धमा अध्ययन तथा ‘एग्री कनेक्ट’ कार्यक्रममा सहयोग गर्न सकारात्मक प्रतिबद्धता जनाएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।