नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन्। रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन हिजो राति गएका हुन् । भोलि जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै, रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत नेतासँग भेटवार्ता गर्ने तालिका रहेको बताइएको छ। भेटमा नेपाल–रुस सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल हुने जनाइएको छ। उनी जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।


















