वीरेन्द्रनगरबाट ठुलो परिमाणमा नगद र सुनसहित एक जना पक्राउ

सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलाे मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

वीरेन्द्र चोकबाट करिब १० मिटर माथि रहेको वाणिज्य बैंकको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियाे । घरबाट ठूलो परिमाणमा सुन तथा नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिए ।

यसबारे थप विवरण आउन बाँकी छ ।