जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई धराैटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको हाे ।
सिंहविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत किर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेस गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग भएको अदालतले जनाएकाे छ । उनी आज बिहान पक्राउ परेका थिए । उनलाई मंगलबार बिहान सवा ६ बजे ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पक्राउ गरेकाे थियाे ।
सिंहविरुद्ध १२ जेठमा लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । स्थानीय लियाकत अली मेयरसिंहसहित तीन जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।


















