सुकुम्बासी होल्डिङ सेन्टरमा बेहाेस भएका दर्जीकाे मृत्यु

काठमाडाै‌काे कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । सुकुम्बासी होल्डिङ सेन्टरमा गत सोमबार बेहोस भएका भेसराज दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत दर्जीको आज मृत्यु भएको हो ।

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार होल्डिङ सेन्टरबाट अस्पताल लगिएको थियो । मृत्युको थप विवरण आउन बाँकी रहेको छ ।