हेजबुल्लाहले आक्रमण गरेमा लेबनानमा आक्रमण जारी रहने इजरायको घोषणा

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले लेबनानसँगको युद्ध–विरामको बावजुत हेजबुल्लाहले इजरायल तथा इजरायली समुदाय माथि आक्रमण गरेमा लेबनानको सेनालाई बेरुतमा आक्रमण गर्ने “स्वतन्त्रता“ प्रदान गरेको र दक्षिणी लेबनानमा अपरेसन जारी रहने बताएको छ ।

काट्जले विज्ञप्ति जारी गर्दै आईडीएफले आफ्नो अपरेसनहरू जारी राख्ने बताउनु भएको छ भने युद्ध–विराम सम्झौताको प्रशंसा गएको छ । इजरायली सेनाले इजरायली समुदाय र इजरायली क्षेत्रमा गोली हानाहानको प्रतिक्रियामा बेरुतमा आक्रमण गर्न अमेरिकी समर्थनका साथ स्वतन्त्रता कायम राखेको उनले बताएको छ ।

गत अप्रिल –१७ मा प्रारम्भिक युद्ध–विराम लागु भए देखि इजरायलले आफ्नो उत्तरी सीमाबाट केहि टाढा लेबनानको क्षेत्र भित्रको क्षेत्रमा पनि संकेत रेखा स्थापना गरेको जनाइएको छ । काट्जले वासिङ्टनको मध्यस्थतामा भएको पछिल्लो युद्ध–विराम सम्झौताले लेबनानमा हेजबुल्लाहलाई निशस्त्र बनाउन आह्वान गरेको बताएको छ ।

युद्ध–विरामले “लिटानी नदीको दक्षिणको सम्पूर्ण क्षेत्रबाट हेजबुल्लाहलाई हटाउने र त्यस क्षेत्रलाई एक सैन्य मुक्ति क्षेत्रका रुपमा सिर्जना गर्ने शर्त राखेको उनले उल्लेख गरेको छ । इजरायली सेनाको अरबी भाषाका प्रवक्ता, कर्नल अविचे अद्राईले दक्षिणी लेबनानका बासिन्दाहरूलाई अर्को सूचना नआउन्जेल जह्रानी नदीको दक्षिण तिरको क्षेत्रमा नजान चेतावनी दिएको छ ।

इजरायली रक्षा बलले हेजबुल्लाह सुविधाहरू र उनीहरुका सैन्य पूर्वाधारहरू लाई लक्षित गरी आक्रमण तथा अप्रसन गरिरहेको उल्लेख गर्दै दक्षिणी लेबनानमा लडाइँ जारी रहेको उनले सामाजिक सञ्जाल एक्स मार्फत बताएको छ ।

गत हप्ता, इजरायली सेनाले लेबनानको जह्रानी नदीको दक्षिणका सबै क्षेत्र तथा सीमाबाट करिब ४० किलोमिटर टाढा तथा टायर र नबातीह सहरहरू सहितका क्षेत्रहरुलाई “युद्ध क्षेत्र“ घोषित गर्दै बासिन्दाहरूलाई उक्त स्थान छिटै खाली गर्न आह्वान गरेको थियो ।