राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाका नेता तथा कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन् । जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पार्टी नेतृत्वले मान्यता नदिएको आरोप लगाउँदै उनीहरू विराेधमा उत्रिएका हुन् ।
धर्नामा सहभागी नेता–कार्यकर्ताहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्वमाथि अन्याय भएको दाबी गर्दै पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वैधानिकता स्वीकार गरी तत्काल जिम्मेवारी हस्तान्तरण गर्न माग गरेका छन् ।


















