रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार लामिछानेले भारत भ्रमणबारे दलहरूलाई जानकारी दिँदै सरकारका कामप्रति सुझाव दिन आग्रह गरेका थिए । उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने सुझाव दिएको जानकारी दिए ।
संसदमा गणतीय हिसाबमा विपक्षी दल कमजोर रहेपनि शक्ति पृथकीकरण भत्काउने काम नहोस् भन्ने सुझाव दिएको बताए । उनले देश जित्नेको मात्र नभई हार्नेको पनि भएको जानकारी गराएको बताए ।
उनले सरकारले गर्ने गलत क्रियाकलापको सिकार देशले व्यहोर्नुपर्ने भएकाले अपरिपक्क क्रियाकलाप नगर्न चेतावनी दिएको बताए।


















