काभ्रेपलाञ्चोक  नमोबुद्धमा भएको बस दुर्घटनामा मृत्यु भएका ८ जनाकै सनाखत

काभ्रेपलाञ्चोक  नमोबुद्धमा भएको बस दुर्घटनामा मृत्यु भएका ८ जनाकै सनाखत

 

३० जेठ, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ बुच्चाकोटमा भएको दुर्घटनामा मृत्यु  भएका ८ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा रोशी गाउँपालिका वडा नं. ६ का अन्दाजी ७३ वर्षीय मेघ बहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

मृतक इन्द्र बसका साहु पनि हुन । त्यस्तै रोशी गाउँपालिकाको वडा नं. ७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नं. ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दैलेख घर भई हाल नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया सुमी लामाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।