भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन् । आइतबार आयोजना क्षेत्रको निरीक्षणका क्रममा उनले वर्षायाममा जोखिम न्यूनीकरण गर्दै निर्माण कार्यलाई निरन्तरता दिन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए ।
मन्त्री लम्सालले आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै लापरबाही र ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारे । कार्यक्रममा मन्त्री लम्सालले आक्रोशपूर्ण शैलीमा ‘काम नगरे खुट्टा भाँचिदिनु’ भन्ने अभिव्यक्ति समेत दिए।


















